विविध खबर
एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो, अंक बाँडियो
काठमाडौ, १६ भदौ २०८० ।एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणले रद्द भएको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १/१ अंक बाँडेका छन । सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका हुन् । पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम…
डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौ, १६ भदौ २०८० ।नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २१ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले संक्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा मात्र ११ हजार बिरामी सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा…
कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा
काठमाडौं, १५ भदौ २०८० ।कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ । रिटको सुनुवाइ सर्वोच्चका अनुसार इजालस नं – १ को ग पेशी तोकिएको हो। कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत…
यी १५ स्थानमा एसिया कप निशुल्क हेर्न पाइने
काठमाडौं, १३ भदौ २०८० ।इन्टरनेट सेवा प्रदायक वल्डलिंकले देशका विभिन्न १५ स्थानमा एसिया कपमा नेपालका खेलहरु निशुल्क देखाउने भएको छ । क्रिकेट संघ क्यानको कनेक्टिभिटी पार्टनरको रुपमा रहेको वल्र्डलिंकले १५ स्थानमा निशुल्क रुपमा खेल देखाउने तयारी गरेको हो । वल्डलिंकका अनुसार आज भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल तथा भदौ १८ गते नेपाल र भारतबीचको खेल देखाइने छ । वल्डलिंकले विर्तामोडमा हनुमान कम्प्लेक्स, दमकमा डिएमएक्स सिनेमा, विराटनगरमा सेन्ट्रल मलको छेउमा, धरानमा घोपा ट्याक्सी स्ट्यान्ड अगाडी, राजविराजमा आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरमा राम मन्दिर घण्टाघर, गौरमा गौर राइस मिल तथा बिरगंजमा माईस्थान मन्दिरमा खेल देखाइने छ । त्यस्तै हेटौडामा हुप्राचौर, दमौलीमा अनसन चौतारी,…
एसिया कप आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानको सामना गर्दै
काठमाडौं, १३ भदौ २०८० ।एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । पाकिस्तानको मुल्तानमा अपराह्न ३ बजे एसिया कपको उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झण्डै ३ दशकपछिको पहिलो एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत…

