विविध खबर

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपाल विजयी
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ​शनिवार भएको खेलमा नेपाल विजयी बनेको हो । क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो । कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए । यसअघि बिहीबार भएको पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट…

आर्मीलाई हराएपछि पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि
निकासखबर संवाददाता

काठमाडौं, २० माघ । प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेसँगै पुलिसले प्रधानमन्त्री कप क्रिकेटको उपाधी जित्न सफल भएको हो । कीर्तिपुरको मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आर्मी क्लव पराजित बनेको हो । जितका लागि आर्मीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरी विजयी बनेको हो ।

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
काठमाडौं, ६ असोज २०८० ।

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमध्ये महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्य श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया पनि निर्विरोध चयन भएका हुन् । त्यस्तै कोशीबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधवकुमार कर्मचार्य विजयी, गण्डकीबाट सुदीप शर्मा, बागमतीमा दिवाकर घले र सुदुरपश्चिमबाट विक्रम विष्ट विजयी भए । खुल्ला…

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप भदौ २७ गतेदेखि लगाउने तयारी
काठमाडौं, २० भदौ २०८० ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप खरिद गरेर ल्याएको थियो । अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरूवात गर्ने…

नेपालको शानदार ब्याटिङ, भारतलाई दियो २३१ रनको लक्ष्य
काठमाडौ, १८ भदौ २०८० ।

एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए ।  उनले ९७ बलमा ८ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का…