आर्मीलाई हराएपछि पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

निकासखबर संवाददाता

काठमाडौं, २० माघ । प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेसँगै पुलिसले प्रधानमन्त्री कप क्रिकेटको उपाधी जित्न सफल भएको हो ।

कीर्तिपुरको मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आर्मी क्लव पराजित बनेको हो । जितका लागि आर्मीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरी विजयी बनेको हो ।

मा प्रकाशित