कलाकार तथा निर्देशक सुदर्शन थापा पक्राउ

निकासखबर संवाददाता

२१ जेठ, काठमाडौं । कलाकार एवं चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएपछि थापा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।

यी दुईबीचको लफडा सोही फिल्मको प्रदर्शनको विषयलाई लिएर शुरु भएको थियो । निर्माता बस्नेतले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए ।

बस्नेतले आफ्नो अनुमतिविना फिल्म बेचेको, फिल्म निर्माण गर्ने भनेर फसाएको लगायतका आरोपसमेत लगाएका छन् ।

मा प्रकाशित