नेपाल आइडल सिजन–५ का विजेता बने करण परियार

काठमाडौं, ८ असार २०८१ ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको नेपाल आइडल सिजन– ५ का विजेता करण परियार भएका छन् । उनले पुरस्कार स्वरुप नगद २५ लाख प्राप्त गरेका छन् ।

फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए भने थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।

 

मा प्रकाशित