मनोरञ्जन

नेपाल आइडल सिजन–५ का विजेता बने करण परियार
काठमाडौं, ८ असार २०८१ ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको नेपाल आइडल सिजन– ५ का विजेता करण परियार भएका छन् । उनले पुरस्कार स्वरुप नगद २५ लाख प्राप्त गरेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए भने थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।  

कलाकार तथा निर्देशक सुदर्शन थापा पक्राउ
निकासखबर संवाददाता

२१ जेठ, काठमाडौं । कलाकार एवं चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएपछि थापा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो । यी दुईबीचको लफडा सोही फिल्मको प्रदर्शनको विषयलाई लिएर शुरु भएको थियो । निर्माता बस्नेतले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए । बस्नेतले आफ्नो अनुमतिविना फिल्म बेचेको, फिल्म निर्माण गर्ने भनेर फसाएको लगायतका आरोपसमेत लगाएका छन् ।

नयाँ वर्षमा ‘डिग्री माइला’को आक्रमक व्यापार
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसर पारेर हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले प्रदर्शनको पहिलो दिन देशभरका २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भए । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना…

२१ मिनेट छोट्ट्याइएको ‘रङ्गेली’ आजबाट प्रदर्शनमा
निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रङ्गेली’मा केही छोट्याइएको भाग पनि दर्शकले हेर्न पाउने भएका छन् । पुनः सम्पादन गरेर ‘‘रङ्गेली’को लम्बाई घटाइएको छ । आजबाट दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

मिस तामाङको उपाधि रियालाई
निकासखबर संवाददाता

काठमाडौं, १३ फाल्गुन । मिस तामाङ २०२४ को उपाधि रिया तामाङले जित्न सफल भएकी छिन् । मम्स इन्टरनेशनलले आयोजाना गरेको मिस तामाङ १६ औं संस्करणमा ‘मिस तामाङ २०२४’को विजेता रिया बनेकी हुन् । शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता बनिन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिएकी थिइन् । त्यस्तै फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । फस्ट रनरअफ स्मृतिले मल्टिमिडिया टाइटल समेत जित्न सफल भएकी छिन् । मिस तामाङ विजेताले नगद १ लाख, फस्ट रनर…