मनोरञ्जन

विकास र विना अभिनित ‘एकै नजरमा’ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं | एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न सकिन्छ । कालिन्चोकमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ । भिडियो निर्देशक केशव राज भट्टले गरेका हुन् ।