विदेशी खबर

बढ्यो गर्मी, भारतमा ६ जनाको मृत्यु
एजेन्सी, १६ जेठ, २०८१ ।

भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् । त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ । भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।…

पहिरोमा परी १५ जनाको मृत्यु
निकासखबर संवाददाता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले…

नाभाल्नीको शव उनकी आमालाई दिइयो
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई दिइएको छ । उनको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ । यसअघि शव माग गर्दै आमा ल्युदमिया नाभाल्नीको मृत्यु भएको जेल अगाडि उभिएकी थिइन् । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो । नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य…

दक्षिण सुडान आक्रमणमा ५२ जनाको मृत्यु
निकासखबर संवाददाता

एजेन्सी, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु भएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्य समेत रहेका छन् । अन्य ६४ जना घाइते भएको समाचार छ । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा…

सिरियामाथि इजरायलको आक्रमण
निकासखबर संवाददाता

इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ जसका कारण यो अब सेवामा छैन । स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो । सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ । इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको…