पहिरोमा परी १५ जनाको मृत्यु

निकासखबर संवाददाता

एजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ ।

 

मा प्रकाशित