दृष्टिकोण

विज्ञापन र यसको बहुआयामिक प्रभाव
निकासखबर संवाददाता

काठमाडाैं, १७ मंसिर, २०८१ । सामान्यतयाः हाम्रो समाजमा विज्ञापनलाई कुनै उत्पादित वस्तु वा सेवाको प्रवद्र्धनका लागि गरिएको सामान्य प्रचारप्रसारको रूपमा मात्र बुझ्ने गरिन्छ । नेपाली विज्ञापन बजारको बिगतको दायरा एवं अव्यवस्थित सरकारी नीतिका कारण यस्तो आम बुझाई बन्न गएको हो । पछिल्लो चरण विज्ञापनको बजार फराकिलो हुँदै जाँदा समाजमा यसका प्रभावहरू पनि फराकिलो हुँदै जान थालेको छ । सरकारी स्तरमा पनि यो क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका प्रयत्नहरू सुरु भएपछि यसबारे नयाँ बहसहरू उठन सुरु गरेको हो । सूचनाप्रविधिको तीव्रतम विकासले आमसञ्चारको क्षेत्रमा आएको वदलावका कारण विज्ञापनको पहुँच र सामाजिक प्रभाव कल्पनै गर्न नसकिने गरी बिस्तारित भइरहेको छ । विज्ञापनकै कारण संसारको जुनसुकै स्थानमा उत्पादन…

पार्टी निर्माण कसरी सम्भव छ ?
पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१

पुष्पलाल श्रेष्ठ | १३ चैत, २०८१ पार्टी निर्माण भन्नाले माथि केन्द्रदेखि तल तल्लो तहको पार्टी कमिटीहरूको संगठन गर्नु नै हो भन्ने आम धारणा साथीहरूमा पाइन्छ । वास्तवमा यस्तो संगठनको निर्माणको अभावमा पार्टीका सोचाइहरू व्यवहारमा परिणत हुँदैनन् । तर,पार्टी निर्माणको सम्बन्धमा यति नै मात्र सही धारणा होइन । यस्तो धारणा यान्त्रिक धारणा हो । यसमा सोच्नु पर्ने मुख्य कुरा हो पार्टी कमिटीहरूको आपसी सम्बन्ध र सञ्चार कसरी हुन्छ र पार्टीले कसरी शक्ति संचय गर्न सक्दछ ? यसको अभावमा पार्टीमा सजीवता आउन सक्दैन । सजीवता बिनाको पार्टीको संगठन त केवल अस्थिपंजर मात्र हो । अतः पार्टी निर्माणको सम्बन्धमा त्यसकुरामा सबभन्दा बढी ध्यान पु¥याउनु पर्दछ, जसले गर्दा पार्टीमा क्रियाशीलता…

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न
भवानी बराल

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर,…

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली
निकासखबर संवाददाता

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पु¥याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो न्यून हुने प्रक्षेपण रहेको सन्दर्भमा उनले यो कार्य फ्रान्सको निवृत्तीभरण प्रणालीलाई विघटन हुन नदिनका लागि गरेको भनेका छन् । सामाजिक सुरक्षा र खासगरी निवृत्तीभरण प्रणालीलाई धान्न सकिने बनाउन औद्योगिक मुलुकहरुले अवकासको उमेर बढाउने, निवृत्तीभरणको सूत्र परिवर्तन गर्ने र सुविधा कटौती गर्नेमध्ये कुनै उपाय गर्ने गर्दछन् । बढ्दो औसत आयु र घट्दो जन्मदरले गर्दा संसारभर कमाउने जनसङ्ख्या अनुपात घट्दो र आश्रित जनसङ्ख्या अनुपात बढ्दो छ । जनसंख्याको…

गणतन्त्रको सबलीकरणको पक्षमा
दमननाथ ढुङ्गाना

नेपाली जनताले लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छन् । ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुगता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय एकता तथा जनप्रतिनिधिहरुको नैतिकता तथा निष्ठामा निर्भर गर्ने कुराहरु हुन् । वर्तमानमा राजसंथा पुनस्र्थापनावादी अथवा सङ्घीयता विरोधीहरुले हाम्रा निर्वाचित  निकायहरुमा मत वा सिट सङ्ख्या बढाएकाले पनि यिनका स्वर ठूलो हुन थालेको चर्चा देशभर चल्ने गरेको छ । यस्ता चहलपहललाई…