मुख्य खबर

नेपाल आइडल सिजन–५ का विजेता बने करण परियार
काठमाडौं, ८ असार २०८१ ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको नेपाल आइडल सिजन– ५ का विजेता करण परियार भएका छन् । उनले पुरस्कार स्वरुप नगद २५ लाख प्राप्त गरेका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए भने थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।  

कलाकार तथा निर्देशक सुदर्शन थापा पक्राउ
निकासखबर संवाददाता

२१ जेठ, काठमाडौं । कलाकार एवं चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएपछि थापा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई उनलाई प्रहरीले काठमाडौँको कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो । यी दुईबीचको लफडा सोही फिल्मको प्रदर्शनको विषयलाई लिएर शुरु भएको थियो । निर्माता बस्नेतले आफ्नो मञ्जुरीविना चलचित्र प्रदर्शन गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए । बस्नेतले आफ्नो अनुमतिविना फिल्म बेचेको, फिल्म निर्माण गर्ने भनेर फसाएको लगायतका आरोपसमेत लगाएका छन् ।

बढ्यो गर्मी, भारतमा ६ जनाको मृत्यु
एजेन्सी, १६ जेठ, २०८१ ।

भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् । त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ । भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।…

१३ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ
निकासखबर संवाददाता

जनकपुरधाम, १६ जेठ । नेपाली नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । एक भारतीयसहित चारजना पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले १३…

सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ (विज्ञप्तीसहित)
निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ महासचिव रोशन पुरीद्वारा विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहिया पक्राउ भएको घटना प्रतिशोधपूर्ण रहेको दावी गरेका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आउका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएकोप्रति महासंघको गम्भीरता ध्यानाकर्षण भएको जनाएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार संप्रेषण गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण…