मुख्य खबर

सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ (विज्ञप्तीसहित)
निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघ महासचिव रोशन पुरीद्वारा विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहिया पक्राउ भएको घटना प्रतिशोधपूर्ण रहेको दावी गरेका छन् । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आउका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएकोप्रति महासंघको गम्भीरता ध्यानाकर्षण भएको जनाएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार संप्रेषण गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण…

मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निकासखबर संवाददाता

जनकपुरधाम, २७ भदाै, २०८१ । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ । उनीहरुको मिलेमतोमा जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९÷८० मा गरिएको पिसिसी ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता…

सहकारीका कर्मचारीको ८० लाख रूपैयाँ लुटियो
निकासखबर संवाददाता

जनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् । राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।  

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको २० लाख सहयोग
निकासखबर संवाददाता

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश/दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र…

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेश राई रहेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठसँग ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । राईलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।