सहकारीका कर्मचारीको ८० लाख रूपैयाँ लुटियो

निकासखबर संवाददाता

जनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

मा प्रकाशित