ब्लग

गणतन्त्र प्रतिको आस्था किन बढेन ?
निकासखबर संवाददाता

पुस १, १४ र फागुन ७ २०४७ सालभन्दा अगाडि धुमधाम मनाइन्थ्याे। ति दिनहरु अनुशासित थिए । यद्दपी पद्धति निरंकुश थियो। त्यसैले होला शासकका धेरै कुरा बाहिर जनताले थाहा पाउँदैन थिए।अहिलेको जस्तो सूचनाको पहुँच पनि थिएन । प्रजातन्त्रका समर्थकहरु ति पर्वहरूको भित्रभित्रै विरोध गर्थे। तर, नेपालका राजाहरु त्यति निरंकुश थिएनन। जति अहिले व्याख्या गरिन्छ। शासनप्रति जनताको अटुट आस्था थियो। झाँकी गाउँगाउँबाट निस्किन्थ्यो ।स्वतःस्फूर्त मानिस टुडिखेलमा जम्मा हुन्थे।राजाको फोटो हेर्दा मात्र पनि आस्था जाग्थ्याे। यो आस्था सोझा जनताकाे आस्था मात्र थिएन। कमसेकम जनतामा देशको अनुभूति थियो। म देशमा छु। र मलाई देशले संरक्षण गरेको छ भन्ने पूर्ण विश्वास थियो। मरिचमान सिंह श्रेष्ठ,…

नेपालमा भ्रष्टाचारः कोही चोखो छ ?
निकासखबर संवाददाता

नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ। अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ। निर्वाचन महँगो हुन्छ। पद्दती अस्थिर बन्छ। न्यायालय स्वतन्त्र हुँदैन् । कर्मचारीतन्त्र निरीह बन्छ । नेता, प्रशासक, व्यापारी, व्यवसायी ,समाज, पत्रकार ,कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र  पद्धतीको फाइदा लिन थाल्छन्। ती अवसर के के हुन सक्छन् । कस्ता कस्ता ठाउँमा अवसर छन् । अवसरलाई प्राप्त गर्ने औजारहरू के के हुन सक्छन् । ती विषयहरूलाई  हेरौं । बजार बजारमा भ्रष्टाचार देखिँदैन। तर हुन्छ । बजार भ्रष्टचारको मुख्य स्रोत हो । व्यापारी, व्यवसायी,  स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ।।यहीबाट भ्रष्टचारको सोच…

दीपेन्द्रजी ! कसरी भनुँ हार्दिक श्रद्धाञ्जली !
टंक पन्त

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन म्यानेजर अनन्य मित्र  दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन, तर सत्य हो उहाँ रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाादनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो किनकि  अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा  चिया खाँदासम्म कुनै संकेत पनि  थिएन । बिहान घरमा खाने बेला भयो खाना पस्किँदै गर म बाथरुम गएर आउँछु  भनेर बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो, तर्सिएलान् भनेर ढिलोढिलो गरी ढोका  ढक्ढकाउँदै गर्दा…