बैंक–बीमा

सहकारीका कर्मचारीको ८० लाख रूपैयाँ लुटियो
निकासखबर संवाददाता

जनकपुरधाम, २४ वैशाख । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । मोटर साइकलमा आएका तीन जनाको समूहले शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट सो ८० लाख रुपैयाँ लुटेर फरार भएका छन् । राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजाने क्रममा सो रकम लुटिएको महतोले प्रहरी समक्ष बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।  

ग्लोबल आइएमई बैंक सम्मानित
निकासखबर संवाददाता

काठमाडौं, १६ बैशाख । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । यस आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको छ । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र…

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण
निकासखबर संवाददाता

काठमाडौं, १४ बैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको सो रकम हस्तान्तरण गरिएको हो । बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा मृतककाे परिवारलाइ बिमा रकम हस्तान्तरण गरेका छन् । मृतक पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ।पि।डि। भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी…

सुनको मूल्यकाे नयाँ रेकर्ड कायमै
निकासखबर संवाददाता

काठमाडौं, ३० चैत । चैत महिनाभरि नै सुनको मूल्यमा रेकर्ड राख्ने क्रम रोकिएन । महिनाको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एकै पटक दुई हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
निकासखबर संवाददाता | काठमाडौं, ३० असोज, २०८० ।

दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।