सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

निकासखबर संवाददाता
काठमाडौं, १४ बैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको सो रकम हस्तान्तरण गरिएको हो । बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा मृतककाे परिवारलाइ बिमा रकम हस्तान्तरण गरेका छन् ।
मृतक पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ।पि।डि। भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।
Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित