१३ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

निकासखबर संवाददाता

जनकपुरधाम, १६ जेठ । नेपाली नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । एक भारतीयसहित चारजना पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनीहरुले प्रयोग गरेको ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल र एउटा साइकल समेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

मा प्रकाशित