अध्यक्ष कैलाश सिरोहिया कान्तिपुरको कार्यालयबाटै पक्राउ

निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न उनको कार्यकक्षमै प्रवेश गरी पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो ।

सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित