प्रशासनिक खबर

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
निकासखबर संवाददाता

बाँके । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए । पूर्वतिर जस्तो समस्या आफुहरुकहाँ नदेखिएको उनकाे भनाइ छ । प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए । मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह…

कर्मचारीभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात गरेको छु : मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी प्रशासनभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘हिजो पहुँच हुनेहरुले मात्रै अवसर लिने गरेका थिए, सीमित मान्छेहरु मात्रै अवसर लिने र सुगम ठाउँ, काठमाडौं वरीपरी मात्रै रहने परम्परा थियो’ मन्त्री मोदीले भने, ‘मैले यसको अन्त्यको सुरुवात गरेको छु, यसको सुरुवात भएसँगै उनीहरु अतालिएका छन् ।’ मन्त्री मोदीले हिजोका दिनमा मन्त्रीलाई समेत घुमाइदिन्छु भन्दै रजाइदजाई गरेर बसेकाहरु अतालिएर अनर्गल प्रचारमा लागेको समेत बताए । ‘हिजोसम्म खाइँपाइ, रजाइदजाइ गरेर मन्त्रीलाई समेत…

श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता!
निकासखबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएका हुन् । खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र…

अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइन्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइने बताएका छन् । नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लामो समयदेखि रोकिएको संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको जानकारी गराउउँदै उनले यस्तो बताएका हुन् । उता नेपाल प्रहरीमा ३० वर्षको सेवा अवधिको प्रावधान हटाउन चलखेल भइरहेको समाचार बाहिरिएको छ । यता प्रधानमन्त्रीले तत्काल ऐन र नियमहरु संशोधन र तर्जुमा गर्ने बताउनुलाई बाघ कराउने र बाख्रा हराउने अवस्थासँग दाँजेर हेर्न थालिएको छ । नेपाल प्रहरीको सेवाअवधि सम्बन्धमा यसअघि नै सर्वोच्च अदालतले ‘आवश्यकता परेमा…

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीेले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रुपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।” ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन,…