प्रशासनिक खबर

मन्त्री मोदीसँग तीन आयोगका अध्यक्षको भेट
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग तीन आयोगका अध्यक्षले संयुक्त भेट गरेका छन् । शुक्रबार मन्त्रालयमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मन्त्री मोदीसँग भेट गरेका हुन् । भेटका क्रममा आयोगका अध्यक्षहरुले सरकारले ल्याउन लागेको संघीय निजामती ऐनको सन्दर्भमा चासो राखे । निजामती ऐन ल्याउँदा समावेशी समानुपातिकताको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुको जोड थियो । “संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनेर हामी आएका हौँ” भेटका क्रममा मन्त्री मोदीसँग आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले भने, “ऐन ल्याउँदा समावेशी समानुपातिकको मुल मर्म र…

डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्री
निकासखबर संवाददाता

काठमाडौं । काठमाडौ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भटिएको छ ।  सोमबार जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन् । अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केहि उपभोग्य सामाग्रीहरुको म्याद गुर्जिएको फेला परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए । पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र…

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की
reporter

काठमाडौं | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भने । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए । उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने…