डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्री

निकासखबर संवाददाता

काठमाडौं । काठमाडौ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भटिएको छ ।  सोमबार जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन् ।

अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केहि उपभोग्य सामाग्रीहरुको म्याद गुर्जिएको फेला परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए ।

पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरिएको पौडेलको भनाइ छ ।

यसअघि संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको सामाग्रि फेला पारेपछि कारवाही गरेको थियो । उपभोक्ता संरक्षण ऐन अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए आगामी दिनमा कडा कारवाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

 

मा प्रकाशित