गण्डकीका अर्थमन्त्रीमा लमजुङका टकराज गुरुङ

निकासखबर संवाददाता

कास्की, १६ जेठ । लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि समेत गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

 

मा प्रकाशित