विचार

निर्वाचनको कसौटीमा पहिचानको प्रश्न
भवानी बराल

गएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर,…

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली
निकासखबर संवाददाता

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पु¥याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो न्यून हुने प्रक्षेपण रहेको सन्दर्भमा उनले यो कार्य फ्रान्सको निवृत्तीभरण प्रणालीलाई विघटन हुन नदिनका लागि गरेको भनेका छन् । सामाजिक सुरक्षा र खासगरी निवृत्तीभरण प्रणालीलाई धान्न सकिने बनाउन औद्योगिक मुलुकहरुले अवकासको उमेर बढाउने, निवृत्तीभरणको सूत्र परिवर्तन गर्ने र सुविधा कटौती गर्नेमध्ये कुनै उपाय गर्ने गर्दछन् । बढ्दो औसत आयु र घट्दो जन्मदरले गर्दा संसारभर कमाउने जनसङ्ख्या अनुपात घट्दो र आश्रित जनसङ्ख्या अनुपात बढ्दो छ । जनसंख्याको…

गणतन्त्रको सबलीकरणको पक्षमा
दमननाथ ढुङ्गाना

नेपाली जनताले लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छन् । ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुगता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय एकता तथा जनप्रतिनिधिहरुको नैतिकता तथा निष्ठामा निर्भर गर्ने कुराहरु हुन् । वर्तमानमा राजसंथा पुनस्र्थापनावादी अथवा सङ्घीयता विरोधीहरुले हाम्रा निर्वाचित  निकायहरुमा मत वा सिट सङ्ख्या बढाएकाले पनि यिनका स्वर ठूलो हुन थालेको चर्चा देशभर चल्ने गरेको छ । यस्ता चहलपहललाई…

आर्थिक वर्ष २०८०/८१ काे बजेट पूर्णपाठ सहित
निकासखबर संवाददाता

काठमाडौं  । सरकारले आगामी वर्षको लागि बजेट ल्याएको छ । सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। हेरौं बजेटको पूर्ण पाठः 

गणतन्त्र प्रतिको आस्था किन बढेन ?
निकासखबर संवाददाता

पुस १, १४ र फागुन ७ २०४७ सालभन्दा अगाडि धुमधाम मनाइन्थ्याे। ति दिनहरु अनुशासित थिए । यद्दपी पद्धति निरंकुश थियो। त्यसैले होला शासकका धेरै कुरा बाहिर जनताले थाहा पाउँदैन थिए।अहिलेको जस्तो सूचनाको पहुँच पनि थिएन । प्रजातन्त्रका समर्थकहरु ति पर्वहरूको भित्रभित्रै विरोध गर्थे। तर, नेपालका राजाहरु त्यति निरंकुश थिएनन। जति अहिले व्याख्या गरिन्छ। शासनप्रति जनताको अटुट आस्था थियो। झाँकी गाउँगाउँबाट निस्किन्थ्यो ।स्वतःस्फूर्त मानिस टुडिखेलमा जम्मा हुन्थे।राजाको फोटो हेर्दा मात्र पनि आस्था जाग्थ्याे। यो आस्था सोझा जनताकाे आस्था मात्र थिएन। कमसेकम जनतामा देशको अनुभूति थियो। म देशमा छु। र मलाई देशले संरक्षण गरेको छ भन्ने पूर्ण विश्वास थियो। मरिचमान सिंह श्रेष्ठ,…