विचार

विचार विकासको प्रश्न र प्रचण्ड विचारधारा
नहेन्द्र खड्का

काठमाडौं |  महाधिवेशन : आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरु निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरु चयन गर्ने, विचारको संश्लेषण गर्दै नयाँ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र विधान संशोधन गरी नयाँ केन्द्रीय समिति निर्वाचन गर्नेसम्मका राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भइसकेको सन्दर्भमा राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी निर्णय सर्वथा सही, वैज्ञानिक र मार्क्सवादसम्मत छ । यो ऐतिहासिक निर्णयले अर्को राष्ट्रिय महाधिवेशनको आयोजना,…

लेखनाथ न्यौपानेका १० बुँदे फरकमतमा के–के छन् ? (पूर्णपाठसहित)
reporter

काठमाडौं | नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण…