विचार

आर्थिक वर्ष २०८०/८१ काे बजेट पूर्णपाठ सहित
निकासखबर संवाददाताकाठमाडौं । सरकारले आगामी वर्षको लागि बजेट ल्याएको छ । सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। हेरौं बजेटको पूर्ण पाठः

गणतन्त्र प्रतिको आस्था किन बढेन ?
निकासखबर संवाददातापुस १, १४ र फागुन ७ २०४७ सालभन्दा अगाडि धुमधाम मनाइन्थ्याे। ति दिनहरु अनुशासित थिए । यद्दपी पद्धति निरंकुश थियो। त्यसैले होला शासकका धेरै कुरा बाहिर जनताले थाहा पाउँदैन थिए।अहिलेको जस्तो सूचनाको पहुँच पनि थिएन । प्रजातन्त्रका समर्थकहरु ति पर्वहरूको भित्रभित्रै विरोध गर्थे। तर, नेपालका राजाहरु त्यति निरंकुश थिएनन। जति अहिले व्याख्या गरिन्छ। शासनप्रति जनताको अटुट आस्था थियो। झाँकी गाउँगाउँबाट निस्किन्थ्यो ।स्वतःस्फूर्त मानिस टुडिखेलमा जम्मा हुन्थे।राजाको फोटो हेर्दा मात्र पनि आस्था जाग्थ्याे। यो आस्था सोझा जनताकाे आस्था मात्र थिएन। कमसेकम जनतामा देशको अनुभूति थियो। म देशमा छु। र मलाई देशले संरक्षण गरेको छ भन्ने पूर्ण विश्वास थियो। मरिचमान सिंह श्रेष्ठ,…

निर्माण व्यवसायीको पिडा S-मोडको कथा र हाम्रो बेथिती
डिपी जैशीनारायणघाट बुटवल सडक खण्डको ७४ किमीमा रहेको यो S-मोडलाई सुधार गरेर सजिलो पार्ने र यहाँबाट प्राप्त हुने माटोले बाटोको इम्बेंक्मेन्ट निर्माण गर्ने भनेर सरकारले तयार गरेको वातावरण प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टमा यो S-मोडमा करिब ३२५ मिटर लामो १२५ मिटर चौडा र सालाखाला ५ मिटर गहिराइमा माटो खनेर इम्बेंकमेंट मेटेरियल प्राप्त गर्ने भनेर समेत उल्लेख छ । सो ही बमोजिम निर्माण व्यवसायीले त्यहाँ रहेका रुख कटानका लागि आवश्यक स्वीकृतीका लागि सम्बन्धित सडक योजनालाई अनुरोध गर्छ । सडक योजनाले बन कार्यालय लाई अनुरोध गर्छ । बन कार्यालयले त्यहाँ रहेका रुख काट्ने अनुमती दिन्छ । रुखहरु काटिन्छन् । त्यसपछि…

सडकमा हिड्नेको लागि सडक चाहिदैन ?
निकासखबर संवाददातामध्यम बर्गीय परिवारमा हुर्किदै गर्दा त्यो क्षणमा देख्ने सपनाको राम्रो बिज्ञ हुँ म आफै । यसकारण अभाव,दुख, उपचार खर्च नहुदाको हैरानी मैले चोला कम फटाएको भए पनि देखेको छु, अनि भोगेको छु । बिस्तारै उच्च शिक्षाकोलागि उपत्यका छिरेँ अनि बल्ल मेरो भोगाइमा झन बिबिधता आयो । माग्ने देखि राजर्षी नेताहरु देखिँदा रहेछन् उपत्यकाकाे सडकमा । यो काठमाडौंको सडक को बिबिधता देखेर कहिले खुसि त कहिले दुखि भैरहिन्थ्यो। जमल तिर हिड्दा माग्नेहरु,नेपाल बायुसेवा निगम तिर गयो भने हरेकमाल सय,मन्दिर तिर छिर्यो जोगी बाजेहरु । यति त यति चोरिएका सेकेन्ड ह्याण्ड जुता समेत काठमाडौंले बिक्रि गर्यो । कति लिलामी गर्यो । मलाइ…

कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
निकासखबर संवाददाता२०५औं मार्क्स जयन्ती दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेइनरिख मार्क्स एक वकिल थिए।उनी दार्शनिक कान्ट र भोल्टेयरप्रति समर्पित थिए।उनले प्रशियाको संविधानको लागि भएको आन्दोलनमा भाग पनि लिएका थिए।उनकी आमा हेनरिटा प्रिजबर्ग घरेलु कामदार थिइन्। १८२४ मा मार्क्सको परिवार यहूदी धर्मबाट ईसाई धर्ममा परिवर्तन भयो।यसपछि यहूदी धर्मको बारेमा मार्क्सको धारणा जीवनभर विपरीत रह्यो।मार्क्स…