बैंक–बीमा

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शुन्य प्रगति
निकासखबर संवाददाता

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शुन्य प्रतिशत प्रगति देखिएको छ। नेपाल उद्योग परिसंघ ९सीएनआई० सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एशोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो । त्यसअन्तर्गत परिसंघले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो । सेजनले ती बुँदाको…

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा
निकासखबर संवाददाता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर पछीको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहिबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्सकम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अबस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ र ०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९ र ०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०।३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले बताएको छ…

मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने
निकासखबर संवाददाता

काठमाडौं | मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो । योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

महालक्ष्मी विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने
निकासखबर संवाददाता

काठमाडौं | महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकले अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका सेवाग्रहीहरुलाई स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत अस्पतालको बिल भुक्तानी गर्ने ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त…

सिटिजन्स बैंकले सुरु गर्‍यो कार्डलेस् विड्र सेवा
निकासखबर संवाददाता

काठमाडौं | सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विड्र सेवाको शुभारंभ गरेको हो । योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ । शुक्रबार एक समारोहकाबीच कार्डलेस विड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।…