लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा

निकासखबर संवाददाता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर पछीको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ ।

बिहिबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्सकम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अबस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ र ०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९ र ०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०।३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले बताएको छ ।

उत्त सभामा कम्पनी गाभिएपछीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र यस कम्पनीको शेयर आदान–प्रदान १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम गर्ने बताइएको छ ।

त्यस्तै मर्जर भएपछी कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको जनाइएको छ ।

मा प्रकाशित