बैंक–बीमा

गभर्नर महाप्रसाद अधिकारी र सिबिफिनवीच छलफल
काठमाडौं, ९ असोज २०८० ।

समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो । उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष…

सिटिजन्स बैंकको साधारण सभा असोज २६ मा
काठमाडौं, ५ असोज २०८० ।

सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले राजधानीको कालिकास्थानमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?
काठमाडौं, ३ असोज २०८० ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं, २७ भदौ २०८० ।

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २७ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

सर्वसाधारणलाई सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुला
काठमाडौं, १५ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै,…