सिटिजन्स बैंकको साधारण सभा असोज २६ मा

काठमाडौं, ५ असोज २०८० ।

सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले राजधानीको कालिकास्थानमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मा प्रकाशित