सुनको मूल्यकाे नयाँ रेकर्ड कायमै

निकासखबर संवाददाता

काठमाडौं, ३० चैत । चैत महिनाभरि नै सुनको मूल्यमा रेकर्ड राख्ने क्रम रोकिएन । महिनाको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ ।

बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एकै पटक दुई हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको ५० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित