दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

निकासखबर संवाददाता | काठमाडौं, ३० असोज, २०८० ।

दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित