बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेश राई रहेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठसँग ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो ।

राईलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

मा प्रकाशित