मुख्य खबर
३९ जिल्लाका १६५ ठाउँका डढेलो, २ जनाको मृत्यु
निकासखबर संवाददाताकाठमाडौं, २० बैशाख । नेपालको भौगोलिक विकटता र लामो समयदेखि वर्षा नभएका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको छ । अत्यधिक चल्ने हुरि बतासका कारण एक ठाउँमा लागेको आगो सहजै अन्य ठाउँमा सल्किँदा आगो विकराल बन्दै गएको हो । यतिबेला वन डढेलोका कारण मानवीय बस्ती नै जोखिममा परेका छन् । हालसम्म देशभरका ३९ जिल्लाका १ सय ६५ स्थानमा डढेलो लागेको छ भने डढेमा परी दुई जनाले ज्यान गुमाईसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान…
इलाम– २ उपनिर्वाचन : रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
निकासखबर संवाददाताकाठमाडौं, १८ बैशाख । इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७७२ मतसहित नेकपा एमाले सुहाङ नेम्वाङ विजयी बनेका छन् । उनका निकटम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । त्यस्तै माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुसहित १६ जनाले कूल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उनीहरुको जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत…
कुशल भुर्तेल बने ब्राण्ड एम्बास्डर
निकासखबर संवाददाताकाठमाडौँ, १७ बैशाख । नेपाली क्रिकेटर कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटीएम कन्सल्टिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कन्सलटेन्सी र भुर्तेलबीच सोमबार एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । नेपालको तर्फबाट ओपनिङ ब्याटिङ गर्दै आएका भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागेको बताए…
ग्लोबल आइएमई बैंक सम्मानित
निकासखबर संवाददाताकाठमाडौं, १६ बैशाख । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । यस आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको छ । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र…
बझाङमा मतगणना सुरु
निकासखबर संवाददाताबझाङ, १६ बैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेपछि जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट गणना थालिएको हो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा उत्रिएका छन् भने उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

