कुशल भुर्तेल बने ब्राण्ड एम्बास्डर

निकासखबर संवाददाता

काठमाडौँ, १७ बैशाख । नेपाली क्रिकेटर कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो ।

केटीएम कन्सल्टिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कन्सलटेन्सी र भुर्तेलबीच सोमबार एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो ।

नेपालको तर्फबाट ओपनिङ ब्याटिङ गर्दै आएका भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागेको बताए । उनले आगामी टी(२० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए ।

केटीएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एसियामा भुटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् ।

 

मा प्रकाशित