मुख्य खबर

झापामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
निकासखबर संवाददाता

झापा, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। आज विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको प्र१–०१–००१च ९३२९ नम्बरको जीप आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कतारका राजा आउँदा सार्वजनिक बिदा
निकासखबर संवाददाता

काठमाडौं, १० वैशाख । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।  

कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने
निकासखबर संवाददाता

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । पार्टीले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई पनि गराइएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापप्रति असहमति जनाएको हो । सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।  

बाइसधारामा बैशाख ११ गतेदेखि ल्हुति पुन्हि मेला सुरु
निकासखबर संवाददाता

काठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । चैत्र शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको समितिका सह–संयोजक प्रकाश बलामीले जानकारी दिए । विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट…

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई लागूऔषध सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनले पाँच वर्ष कैद सजाय तोेकेको थियो ।