मुख्य खबर
निर्वाचनको कसौटीमा पहिचानको प्रश्न
भवानी बरालगएको फागुन १७ गते प्रस्तावित प्रदेश नं १ को प्रदेशसभाले कोशी नामाकरणमा मोहर लगाएपछि आन्दोलनरत पहिचान पक्षधरहरूको संयुक्त संघर्ष समिति यतिखेर इलाम क्षेत्र नं २ को उपचुनावमा हेलिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध किराँती याक्थुङ चुम्लुङ, किराँती राई यायोक्खासहित पहिचान पक्षधर राजनैतिक संगठन, मोर्चासहीत तीन दर्जन बढी संस्थाले डकेन्द्र सिं थेगिम लिम्बूको उम्मेदवारी अनुमोदन पनि गरिसकेका छन् । स्वतन्त्रको हैसियतमा उम्मेदवारी दर्ता गराएका थेगिमको जनअनुमोदन कस्तो हुनेछ हेर्ने, पर्खने दिन पनि टाढा छैन । उपचुनावलाई आवाधिक मिनी जनमतको रुपमा पनि हेरिने गरिन्छ । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनको परिणामसँगै पहिचानको प्रश्न निर्वाचनको कसौटीमा खारिने पक्कापक्की छ । तर,…
नेप्से परिसूचकमा १६ अङ्कको ओरालो
निकासखबर संवाददाताकाठमाडौँ, ३ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा रोकिएको हो । आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै घट्नेमा गुराँस लघुवित्त वित्तीय…
एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश
निकासखबर संवाददाताकाठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन…
पहिरोमा परी १५ जनाको मृत्यु
निकासखबर संवाददाताएजेन्सी, २ बैशाख । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र दुई जना बाँचेको समेत उद्धार गरिएको स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले…
सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।