मुख्य खबर

सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

जिब्रो छेड्ने जात्रा मनाइयो
निकासखबर संवाददाता

भक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भरिएका थिए । २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका छन् । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जात्रामा मानिसहरुको भीड लागेको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । दोस्रो पटक जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न…

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल विजयी
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई नेपालले ३२ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले कतारलाई २११ लक्ष्य दिएको थियो । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटियो। २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे । उनले जम्मा ५२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए । यस्तै कुशल मल्लले ३५ रन जोड्दा…

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालको पहिले ब्याटिङ
निकासखबर संवाददाता

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा नेपाली समय अनुसार सवा ४ बजे खेल सुरु भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । आजको खेलमा नेपालका तर्फबाट रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक…

नयाँ वर्षमा ‘डिग्री माइला’को आक्रमक व्यापार
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसर पारेर हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले प्रदर्शनको पहिलो दिन देशभरका २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भए । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना…