एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल विजयी

निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई नेपालले ३२ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले कतारलाई २११ लक्ष्य दिएको थियो । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटियो।

२० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे । उनले जम्मा ५२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए ।

यस्तै कुशल मल्लले ३५ रन जोड्दा रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गल्शन झा र विवेक यादवले ५/५ रन बनाए ।

यता कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए भने महम्मद हनाफले २३, हिमान्छु राथोडले २२, अनदान मिर्जाले १९, कमरन खानले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारका लागि हिमान्सु राथोड र मुसवार शाहले ३र३ विकेट लिँदा अमिर फारुकले एक विकेट लिए ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित