एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालको पहिले ब्याटिङ

निकासखबर संवाददाता

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा नेपाली समय अनुसार सवा ४ बजे खेल सुरु भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । आजको खेलमा नेपालका तर्फबाट रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।

मा प्रकाशित