मुख्य खबर

करोडौँ पर्ने बुद्धचित्तको बोट अज्ञात समूहद्वारा काटियो
निकासखबर संवाददाता

काभ्रे, ३० चैत । काभ्रेको रोशी–५ नागबेलीमा रहेको एक व्यक्तिको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला परेको काभ्रे प्रहरीले जनाएको छ । स्थानीय ठकुरानी तामाङको घरअगाडि सो बम फेला परेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको…

धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
निकासखबर संवाददाता

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशाबाटै गइरहेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बिहीबार अपराह्न भएको घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको साँझ ७ बजे मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको अनुसार यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय…

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : अध्यक्ष लिङदेन
निकासखबर संवाददाता

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताएका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले गंगादेवीको राजनीतिक यात्राको चर्चा गर्दै राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवीराजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गरेको स्मरण गरे । तर यतिबेला राजनीतिमा भएको विकृतिले राजनीति भन्ने बित्तिकै मान्छेहरुले ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको टिप्पणी गरे । उनले भने, ‘राजनीति लेखपढले मात्र…

हावाहुरीले हवाई उडान प्रभावित
निकासखबर संवाददाता

काठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान नै प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भए भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका थिए । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।  

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारले परिक्षा दिँदा ६ हजार मात्रै उत्तीर्ण
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी…