राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : अध्यक्ष लिङदेन

निकासखबर संवाददाता

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताएका छन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले गंगादेवीको राजनीतिक यात्राको चर्चा गर्दै राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवीराजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गरेको स्मरण गरे । तर यतिबेला राजनीतिमा भएको विकृतिले राजनीति भन्ने बित्तिकै मान्छेहरुले ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको टिप्पणी गरे ।

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित