धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

निकासखबर संवाददाता

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशाबाटै गइरहेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

बिहीबार अपराह्न भएको घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको साँझ ७ बजे मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको अनुसार यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

मा प्रकाशित