मुख्य खबर
ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारले परिक्षा दिँदा ६ हजार मात्रै उत्तीर्ण
निकासखबर संवाददाताकाठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी…
कर्णालीका मुख्यमन्त्रीले लिए शपथ
निकासखबर संवाददाताकाठमाडौँ, २८ चैत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ
निकासखबर संवाददाताकाठमाडौं, १४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभको कसुरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् । उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको र हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एमाले कास्कीमा खगराज समूहको प्यानल निर्वाचित
निकासखबर संवाददाताकास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । उनले निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे । उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र…
बागलुङको निसीखोला बस दुर्घटना : सातको मृत्यु, २० जना घाइते
निकासखबर संवाददाताबागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

