बागलुङको निसीखोला बस दुर्घटना : सातको मृत्यु, २० जना घाइते

निकासखबर संवाददाता

बागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित