मुख्य खबर
उदयपुर जीप दुर्घटना : ८ जनाको मृत्यु
निकासखबर संवाददाताकाठमडौं, १ चैत । धरानबाट भोजपुर घोरेटारका लागि हिँडेको यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु आठ जनाको मृत्यु भएको छ । घटनास्थलमा सातजना र अर्का एकको धरान स्थित धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३…
रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु
निकासखबर संवाददाताकाठमाडौं, १ चैत । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको…
कान्तिपथ चैत १ देखि डेढ महिना बन्द हुने
निकासखबर संवाददाताललितपुर, २८ फागुन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिपथ बन्द लागिएको हो । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । सो अवधिमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई भने सञ्चालन गर्न दिइने भएको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौंडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै…
मेचीनगरको प्लाइउड उद्योगमा आगलागी
निकासखबर संवाददाताविराटनगर, २८ फागुन । नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योगमा आगलागी भएको छ । झापाको मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीमा अवस्थित भगवती लेमिनेट्स प्रा.लि.मा आज विहानखदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
इटहरी दुर्घटनामा काका भतिजको मृत्यु
निकासखबर संवाददातासुनसरी,२६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार मोटरसाइकललाई ट्रककले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र उनका भतिज आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे…

