रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

निकासखबर संवाददाता

काठमाडौं, १ चैत । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ ।

सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २१ पुगेको छ ।

मा प्रकाशित