उदयपुर जीप दुर्घटना : ८ जनाको मृत्यु

निकासखबर संवाददाता

काठमडौं, १ चैत । धरानबाट भोजपुर घोरेटारका लागि हिँडेको यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु आठ जनाको मृत्यु भएको छ । घटनास्थलमा सातजना र अर्का एकको धरान स्थित धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित