इटहरी दुर्घटनामा काका भतिजको मृत्यु

निकासखबर संवाददाता

सुनसरी,२६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार मोटरसाइकललाई ट्रककले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र उनका भतिज आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

मा प्रकाशित