अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ

निकासखबर संवाददाता

काठमाडौं, १४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभको कसुरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् ।

उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको र हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मा प्रकाशित