एमाले कास्कीमा खगराज समूहको प्यानल निर्वाचित

निकासखबर संवाददाता

कास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । उनले निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे ।

उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।

 

मा प्रकाशित